|

गुल्मी : मुसिकोट नगरपालिकाले आइतबार शोक बिदा दिने निर्णय गरेको छ। वडा नम्बर १ का वडाध्यक्ष मोहन घिमिरेको निधनमा उक्त शोक बिदा दिइने भएको हो।

मुसिकोट नगरपालिकाको नगरप्रमुख स्तरीय बैठकबाट शोक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत विनोद कुँवरले जानकारी दिए। आइतबार नगरपालिका, वडा कार्यालय बन्द रहने सूचनामा उल्लेख छ।

घिमिरेले शनिबार बिहान ५ बजे सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए।

सामाजिक सञ्जालमा पोष्ट देखेपछि स्थानीय र प्रहरीको टोलीले खोजतलास गर्दा झाँक्री थानमा रूखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए।

प्रहरीले स्थलगत मुचुल्का तयार गरी शव पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको प्रधानले बताए। घटनाका बारेमा थप अनुसन्धान जारी रहेको जिप्रका गुल्मीले जनाएको छ।

घिमिरे नेपाली काँग्रेस मुसिकोट नगरको नगर सभापति समेत थिए।

उनको स्ट्याटस यस्तो थियो –
परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ। प्रिय अनिता, साथ निभाउन सकेन, मलाई माफ गरे। घरपरिवार,साथीभाइ, शुभचिन्तक सबैप्रति माफी चाहन्छु। अल बिदा।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.