काठमाडौं : लगातारको वर्षासँगै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–४ स्थित मेलम्ची नदीमा आएको बाढीले ग्याल्थुमको माथिल्लो बजार उच्च जोखिममा परेको छ।
गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लम्साल लामिछानेका अनुसार बाढीले ग्याल्थुममा रहेको सरस्वती माध्यमिक विद्यालय कटान गर्न थालेको छ। बाढीले विद्यालयको शौचालय बगाएको छ भने निर्माणाधीन भवनको पिलर पनि बगाएको छ।
बाढी चौरमै उक्लिन थालेपछि विद्यालय शुक्रबारका लागि बन्द गरिएको छ। मेलम्ची नदी ग्याल्थुमको माथिल्लो बजारमा रहेका घरहरू नजिकै पुगेर कटान गर्न थालेको उपाध्यक्ष लामिछानेले जानकारी दिइन्। मेचम्चीमा बाढी आएसँगै स्थानीय रातभर सुतेका छैनन्।
बाढीले बस्ती नजिकको जमिन कटान गर्न थालेपछि स्थानीय नागरिक सुरक्षित स्थानतर्फ लागेको उपाध्यक्ष लामिछानेले बताइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।