|

काठमाडौं : मेलम्ची नदीमा आएको बाढीले सिन्धुपाल्चोकमा एक विद्यालय बगाएको छ। हेलम्बु गाउँपालिका ४ ग्याल्थुममा रहेको सरस्वती माध्यमिक विद्यालयको भवन गएराति बाढीले बगाएको हो। 

बाढीको जोखिम बढ्दै गएपछि विद्यालय बन्द गरी डेस्क बेञ्चलगायतका सामान हिजै विहान प्रहरी र जनप्रतिनिधि मिलेर हटाएका थिए । राति ८ बजेतिर बाढीले  विद्यालयको २ कोठे भवन बगाएको गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लम्साल लामिछानेले जानकारी दिइन्। 

उनका अनुसार नदीमा पानीको बहाब थप बढेसँगै रहेको अर्को चार कोठे भवन पनि उच्च जोखिममा छ । अहिले पनि पानी पर्न नरोकिएकाले थप क्षति हुनसक्ने खतरा देखिएको छ । विद्यालयसँगै रहेका अरु चार घर पनि जोखिममा छन् । 

ग्याल्थुम बजारका २५–३० घर सबै बाढीको उच्च जोखिममा रहेको उपाध्यक्ष लम्सालले जानकारी दिइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.