|

काठमाडौं : काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको बताएकी छन्। शनिबार काठमाडौंमा आयोजित नाट्यकर्मी महासंघ नेपालको दोस्रो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सबै किसिमका योजना बनाएको र फिल्म क्षेत्रलाई पनि सो योजनाअन्तर्गत प्राथमिकतामा राखेको उल्लेख गरिन्।

उनले काठमाडौं महानगरपालिकालाई चिनाउने महत्वपूर्ण माध्यम फिल्म क्षेत्र भएको भन्दै महानगरले युनेस्को क्रिएटिभ सिटिज नेटवर्कमा महानगरपालिकालाई चिनाउन क्रिएटिभ सिटिज अफ फिल्म भनेर प्रपोजल पठाएको र सो प्रपोजलको नतिजा २०२४ को सुरुमा आउने र युनेस्को पदकबाट कामनपा पुरस्कृत हुने बताइन्। उनले भनिन्,‘काठमाडौंको सुन्दरता, कलाकृति, सम्पदा र संस्कृतिलाई जोगाउन फिल्म नै एउटा माध्यम रहेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.