|

काठमाडौं : महिला टी–२० विश्वकपको एसिया क्षेत्र छनोट अन्तर्गत नेपाल र यूएईबीचको खेल वर्षाले रद्ध भएको छ।  मलेसियाको बायुएमास ओभल मैदानमा लगातार वर्षा भएपछि खेल रद्द भएको हो। 

योसँगै समूह ए बाट युएई ५ खेलमा ९ अंकसहित समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ भने नेपाल पनि ५ खेलमा ९ अंकसहितनै रनरेटका आधारमा दोस्रो हुँदै सेमिफाइनलमा पुगेको छ।

अब समूह बी का आज हुने खेलबाट सेमिफाइनलमा युएई र नेपालका प्रतिद्वन्द्वीको तय हुने छ। सेप्टेम्बर ९ सम्म सञ्चालन हुने यस एसिया छनोटमा ११ देशले भाग लिएका छन् । जसमा नेपाल समूह ए मा रहेको छ।​

समूह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र यूएई रहेका छन्। त्यस्तै समूह बी मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्याण्ड रहेका छन्। त्यस्तै समुह बी बाट हङकङ सेमिफाइनलमा पुगिसकेको छ भने सेमिफाइनलमा पुग्न थाइल्याण्ड र कुवेत प्रतिस्पर्धामा रहेका छन्।

दुवै समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनोट हुने छन्।  सेमिफाइनलका खेल सेप्टेम्बर ८ मा हुने छन् भने प्रतियोगिताको फाइनल खेल सेप्टेम्बर ९ मा हुने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.