|

काठमाडौ :प्रा.डा. ओम सिटौलाद्वारा लिखित कविता संग्रह ‘जब तिम्रो ऐना बुढो भयो’ को लोकार्पण गरिएको छ। पूर्व प्रधानन्यायधीश सुशीला कार्कीको उपस्थितिमा पुस्तकको लोकार्पण गरिएको हो। ओम भानुवाद स्मृति प्रतिष्ठान प्रकाशक रहेको सो कविता संग्रहलाई पाइन प्रकाशनले बजारमा ल्याएको हो। कविता संग्रहमा ३८ वटा कविता समावेश गरिएका छन्। पुस्तकको मूल्य १५० रुपैयाँ तोकिएको छ।

पुस्तकमा प्रेमिल, जीवनसाथी तथा यौवनका बारेमा लेखिएका कविताहरू संग्रहित गरिएको प्राध्यापक सिटौलाले बताए। उमेर बित्दैमा बुढो भइँदैन भन्ने कुरा नै पुस्तकको शीर्षकको मूल मर्म रहेको उनले सुनाए। प्राध्यापन तथा सामाजिक कार्यमा सक्रिय रहँदै आएका डा. सिटौलाको यो पहिलो साहित्यिक कृति हो। पुस्तकको लोकार्पणपछि सिटौलाले केक काटी जन्मदिन मनाएका थिए।

मेची आमालाई नारी सम्मान

कार्यक्रममा स्वर्गीय दिलकुमारी श्रेष्ठलाई ‘नारी, शिक्षा एवं जागरण सम्मान’ प्रदान गरिएको थियो। ‘मेची आमा’ नामले परिचित समाजसेवी श्रेष्ठलाई मरणोपरान्त माया सिटौला नारी शिक्षा एवं जागरण सम्मान प्रदान गरिएको हो। उनलाई ॐ भानु९वेद स्मृति प्रतिष्ठानले सम्मान गरेको हो।

मेची आमाको १२औँ पुण्यतिथिको अवसर पारेर प्रतिष्ठानले उनलाई सम्मान पत्रसँगै नगद एकाउन्न हजार रुपैयाँसहित सम्मान गरेको हो। पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले मेची आमाका जेठा छोरा विश्वनाथ श्रेष्ठलाई सो सम्मान हस्तान्तरण गरेकी थिइन्।

२०२४ सालमा झापाको हल्दीबारीमा महिलाले पनि हलो जोत्न हुन्छ भन्दै समाजलाई चुनौती दिएकी मेची आमा (श्रेष्ठ) तत्कालीन नेपाल महिला संगठनको मेची अञ्चल इन्चार्ज हुँदै २०२७ सालमा राजसभा स्थायी समिति सदस्य समेत बनेकी थिइन्।

झापाको भद्रपुर घर भएकी श्रेष्ठको काठमाडौंमा उपचारका क्रममा २०६८ साल भाद्र १२ गते ९९ वर्षको उमेरमा निधन भएको थियो। २०१७ सालदेखि समाजसेवा र राजनीतिमा सक्रिय श्रेष्ठले गरेको कामको उच्च मूल्यांकन गर्दै उनलाई मेची आमा उपनाम दिइएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.