|

काठमाडौं : अमेरिकाले युक्रेनका लागि फेरि सहायता प्याकेज घोषणा गरेको छ। 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले सैन्य तथा नागरिक सहायतासहित एक बिलियन डलरको प्याकेज घोषणा गरेका हुन्।  यसमा ६ सय ६५ मिलियन डलर बराबरको सैन्य सहायता छ। हाल उनी किभ भ्रमणमा छन्।

दुई वर्षअघि रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता अमेरिकाले ४६औँ पटक राहत प्याकेज घोषणा गरेको हो। अमेरिकाले पछिल्लो पटक घोषणा गरेको सैन्य सहायतामा वायु रक्षा प्रणाली, मिसाइल तथा सैन्य ट्यांकलगायत समावेश रहेको जनाइएको छ। 

रुसले केही समययता युक्रेनले निर्यातको तयारी गरेको खाद्य सामग्री लक्षित आक्रमण बढाएको छ। योसँगै युक्रेनले समेत रुसी सहरमा ड्रोन आक्रमण गरिरहेको रुसी अधिकारीको दाबी छ।

ब्लिंकन किभमा रहेकै बेला बुधबार पूर्वी युक्रेनी सहर ‘कोस्टी यान्ट नुभ्का’ को व्यस्त बजारमा क्षेप्यास्त्र आक्रमण भएको छ. आक्रमणमा परी १७ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.