|

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकामा तार भूमिगत गर्दा फुटपाथ छेक्ने गरी राखिएको इलेक्ट्रिक क्याबिनेट बक्स सार्न थालेको छ।

फुटपाथ नै ढाक्ने गरी बक्स राख्दा पैदलयात्रीलाई सकस भएको भन्दै विरोध भएपछि प्राधिकरणले सार्न थालेको हो। प्राधिकरणले अहिले अनामनगर क्षेत्रको बक्स सार्न थालेको छ।

अब फुटपाथ नछेक्ने गरी राखिने कामदारहरूले जानकारी दिएका छन्। काठमाडौंको अनामनगर, महाराजगञ्ज, रत्नपार्क‚ चाबहिललगायत क्षेत्रमा राखिएको क्याबिनेट बक्सले पैदल यात्रीलाई समस्या भएको गुनासो बढी आउने गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.