|

गुल्मी : गुल्मी जिल्ला अदालतमा गत आर्थिक वर्षमा ७३ पुरुषले श्रीमतीसँग सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका छन्।

आर्थिक वर्ष २०७९/८० मा  सम्बन्धविच्छेदसम्बन्धी परेको कुल ३८२ मुद्दामध्ये ७३ जना पुरुषले दर्ता गरेको अदालतका तहसिलदार रामबहादुर कुँवरले जानकारी दिए।

७३ मध्ये ५६ मुद्दा फर्छ्योट भएको र १७ बाँकी छ। मुलुकी देवानी संहिता २०७४ अनुसार पुरुषले सोझै अदालतमा गई सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न सक्ने भएपछि यो क्रम बढेको कुँवरले बताए।

श्रीमान् वैदेशिक रोजगारीमा रहँदा श्रीमतीको परपुरुषसँग सम्बन्ध, आर्थिक हिनामिना गर्ने, आन्तरिक झैझगडालगायत कारण पुरुषले सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने गरेको कुँवरको भनाइ छ।

यस्तै महिलाहरूले पुरुषसँग सम्बन्धविच्छेद गरी पाऊँ भनी दिएको ३०९ थान मुद्दामध्ये २७२ थान फर्छ्योट भएको र ३७ थान मुद्दा फर्छ्योट गर्न बाँकी रहेको अदालतले जनाएको छ  ।

महिलाहरुले पुरुषसंग सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्नुमा घरेलु हिंसा, कुटपिट लगायत कारण रहने गरेको अदालतले जनाएको छ।

गत आर्थिक वर्षमा जिल्ला अदालतमा ७१२ थान मुद्दा रहेकोमा ५७६ थान मुद्दा फर्छ्योट भएको र बाँकी १३६ मुद्दा रहेकोअदालतले जनाएको छ ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.