|

बाइस वर्षअघि आजकै दिन अमेरिकामा भएको आतंकवादी हमलामा मारिएका करिब तीन हजार मानिसको सम्झनामा हिजो न्युयोर्क महानगरको लोवर म्यानहाटनमा स्मृतिसभा आयोजना गरिएको छ।

नाइन इलेभेनका रूपमा परिचित यो घटना विश्वमा हालसम्मकै सबैभन्दा भयानक आतंकवादी आक्रमणमा हो। यो आतंकवादी हमलामा दुई हजार नौ सय ७७ जनाले ज्यान गुमाएका थिएभने छ हजारभन्दा बढी घाइते भएका थिए। दश अर्ब अमेरिकी डलरभन्दा बढीको भौतिक क्षति भएको थियो।

आतंकवादी सङ्गठन अल कायदाका आत्मघाती आक्रमणकारीले यात्रीवाहक चारवटा अमेरिकी विमान अपहरण गरेर न्युयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरका एक  सय १० तले दुई वटा भवनमा विमान ठोक्काएर आक्रमण गरेभने राजधानी वासिङ्टनदेखि केही बाहिर रहेको अमेरिकी रक्षा मन्त्रालयमा विमान खसालेका थिए। चौथो विमानका यात्रीले प्रतिरोध गरेपछि पेन्स्ल्भिेनियाको एउटा चौरमा दुर्घटनाग्रस्त भएको थियो। चारवटै विमानमा विमान चालकको तालिम लिएका एक–एक जना आतंकवादी सवार थिए। उक्त आक्रमणमा १९ जना आतंकवादीले पनि ज्यान गुमाएका थिए।

जुम्ल्याहा भवन पनि भनिने वर्ल्ड ट्रेड सेन्टरमा मारिएका केहीको पहिचान स्थापित गर्न २२ वर्ष नै लागेको छ। गत साता मात्र दुई जनाको डिएनए परीक्षणबाट ज्यान गएको पुष्टि भएको छ। एघार नोभेम्बरका दिन भएको हताहतिबाहेक विमान विष्फोटसँगै भवन भत्किँदा उत्पन्न विषाक्त हावा एवं भग्नावशेषका कारण हजारौ बिरामी भए भने श्वासप्रश्वाससम्बन्धी समस्याबाट पीडित हुनेको संख्या पनि उल्लेखनीय रहेको छ। बितेका २२ वर्षमा आफूले नाइन इलेभेनमा काम गरेका आफ्ना तीन सय ४१ जना साथी श्वासप्रश्वाससम्बन्धी रोगबाट गुमाएको वारुणयन्त्र कर्मचारी संघका अध्यक्षले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.