|

बैतडी : अज्ञात समूहद्वारा बैतडीको एक विद्यालयमा आगजनी गरिएको छ। जिल्लाको दशरथचन्द नगरपालिका ६ थालिगडास्थित कालिका माविमा आगजनी गरिएको हो।

कार्यालयको कोठामा रहेका कागजपत्रहरु आगजनी गर्ने समूहले  जलाएर नष्ट गरेको विद्यालयका प्रधानाध्यापक पदमराज लेखकले जानकारी दिए।

रातिको समयमा  कार्यालयको ढोका फुटालेर भित्र रहेका कागजपत्र ग्यालरीमा ल्याएर जलाएको छ। बिहान विद्यालय आउँदा कागजपत्र जलाएको अवस्थामा भेट्टिए। उनले भने, “आगजनीबाट सर्टिफिकेट, मार्कसिट, बैंकमा दाखिला गरेका भौचर, हाजिरी रजिष्टर, दर्ता चलानी लगायतका महत्वपूर्ण कागजपत्र नष्ट भएका छन्। कसले र किन आगजनी गरे भन्ने खुल्न सकेको छैन्।”

आगजनीबाट भएको क्षतीको विवरण र आगजनी गर्ने समूहको खोजीमा लागि  प्रहरीमा निवेदन दिएको विद्यालयले जनाएको छ।

यस्तै, विद्यालय नजिक रहेको उद्धवसिंह कार्कीको किराना पसलमा पनि चोरी भएको छ। पसलबाट ९ हजार ३ सय बराबरको धनमालको चोरी भएको छ।

विद्यालयमा आगजनी र पसलमा चोरी गर्ने समूहको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी,प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.