|

काठमाडौं : नेकपा एमालेले एमालेले यस वर्षको संविधान दिवसको अवसरमा ‘रातो र चन्द्र सूर्यसँग सेल्फी’ कार्यक्रम गर्ने भएको छ। 

एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार भिडियो सन्देश जारी गर्दै जनस्तरमा संविधान दिवसको अवसरमा आयोजना हुने कार्यक्रमका लागि काठमाडौंको नारायण चौरमा बुधबार बिहान ७ बजे उपस्थितिका लागि आह्वान गरेका छन्।

‘हाम्रो हक संविधानमा लेखिएको दिन असोज ३ को मर्निङ वाक नेसनल वाक गरौं। सेल्फी विथ नेसनल फ्ल्यागका लागि असोज ३ गते नारायणचौर आउनु हो‘ ओलीले भनेका छन्, ‘जनस्तरबाटै भव्यस्तरमा मनाऔं।’

अघिल्लो वर्ष एमालेले संविधान दिवसको अवसरमा २०७९ असोज १ गते नै मर्निङ वाक गर्दै आमनिर्वाचनको अभियान सुरु गरेको थियो। 

त्यस समयमा पनि मर्निङ वाक आयोजना गरेको थियो ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.