डडेल्धुरा : एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले भागेश्वर गाउँपालिका–३ का तीनजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा २२, २३ र २८ वर्षका छन्। अर्का एक १८ वर्षीय किशोर भने फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।
२० वर्षीया युवतीमाथि फरक–फरक समय र स्थानमा सामूहिक बलात्कार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर थापाले जानकारी दिए।
उनका अनुसार पक्राउ परेकाहरूमाथि गत वैशाख ५ गते र १२ गते युवतीलाई बलात्कार गरेको किटानी जाहेरी परेको छ।
घटनाबारे आज दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी जानकारी दिने प्रवक्ता थापाले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।