|

काठमाडौं : संघीय संसद् अन्तरगत प्रतिनिधिसभा र राष्ट्रिय सभाका तीन समितिको बैठक आजका लागि बोलाइएको छ । 

प्रतिनिधिसभातर्फका पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना समिति तथा राष्ट्रियसभाको दिगो विकास तथा शुसासन समितिको बैठक बस्न लागेको हो ।

बिहान ११ बजे समितिको हल सिंहदरबारमा बस्ने पुर्वाधार विकास समितीको बैठकमा समितिको भावी कार्ययोजनाबारे छलफल हुने संसद् सचिवालयले जनाएको छ।

यस्तै ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा एमबिबिएस अध्ययनरत एवम् अनशनरत विद्यार्थीको समस्याबारे त्रिभुवन विश्वविद्यालयका उपकुलपति, नेपाल मेडिकल काउन्सिल र त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका प्रतिनिधिसँग छलफल गर्ने कार्यसूची छ। 

दिउँसो १ बजे बस्ने दिगो विकास तथा शुसासन समितिको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० प्रति असन्तुष्ट जाहेर गर्दै आन्दोलनरत सरोकारवालासँग छलफल गरिने भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.