|

झापा : झापाको दमक १० स्थित नलबाडीका स्थानीय आफ्नो ज्यानै जोखिममा राखेर मतदानमा सहभागी भएका छन्। मंगलबार रातिदेखि लगातार परेको पानीले मावा खोलामा बाढी आउँदा उनीहरुले आफ्नो ज्यानै जोखिममा पारेर मतदान गर्न जानुपरेको हो।

नलवाडी भन्ने ठाउँ मावा खोला पश्चिम उर्लााबरी नगरपालिका संग जोडिएको ठाउँ हो। नलवाडीवासीहरु आफ्नो दैनिकीकालागि सधै मोरंगको उर्लाबारीमै भर पर्ने गर्छन्। उनीहरु मतदानमा आफ्नो ज्यान जोखिममा राखेर मावा खोला पूर्वमा रहेको पशुपति आधारभूत विद्यालयको मतदान केन्द्रमा मत खसाल्न पुगेका छन्।

उनीहरुले आफूले मत हालेको प्रतिनिधिले आफूहरुको समस्या चाडै समाधान गर्ने र मावा खोलामा पुल हाल्ने आशा गरेका छन्। अन्य समयमा उनीहरु मोरङको उर्लाबारी हुँदै दमक आउने गर्थे। बुधबार भने उर्लाबारी तर्फ सवारी नचलेपछि एक घण्टा पैदल यात्रा गरेर भोट हाल्न आएका हुन्।

यस क्षेत्रबाट जितेर एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदासम्म आफ्नो ठाउँको विकास नगरेको भन्दै गुनासो गरेका छन्। नलबाडीबाट करिब ५ सय घरपरिवारका ७ सय मतदाता मत खसाल्न पशुपती आधारभुत विद्यालयको मतदान केन्द्रमा आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.