|

काठमाडौं : भारतले नेपाललाई २ सय ३ रनको चुनौति दिएको छ। 

चीनको झेजिङ युनिर्भसिटीको मैदानमा भारतीय कप्तान ऋतुराज गायकवाडले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्। भारतले चार विकेट गुमाएर २ सय २ रन बनायो। 

ओपनर यजस्वी जैसवालले शतक पूरा गरे। जैशवाललाई दिपेन्द्र सिंह ऐरीले पेभिलयन फर्काए। आक्रामक ब्याटिङ गर्दै  जैसलावले ४८ बलमा शतक पूरा गरेका थिए।

भारतका कप्तान रुतुराज गायकवाड २५ रन बनाएर आउट भने रिंकु सिंहले ३७ रन बनाएर नआउट रहँदा शिभम दुवे २५ रनमा अविजित रहे। 

नेपालका दिपेन्द्रले २ तथा संदीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.