|

काठमाडौं : भारत एसियन गेम्स क्रिकेटको फाइनलमा पुगेको छ।  आज भएको पहिलो  सेमिफाइनलमा बंगलादेशलाई ९ विकटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।​

बंगलादेशले दिएको ९७ रनको लक्ष्य पछाएको भारतले ९ दशमवल २ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। भारतका लागि तिलक वर्माले सर्वाधिक अविजित ५५ रन बनाए भने कप्तान रुतुराज गायकवाडले अविजित ४० रन बनाएका थिए। 

यस अघि नेपालविरुद्ध शतक बनाएका यशश्वी जैसवाल भने यस खेलमा शुन्यमै आउट भएका थिए। टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेश २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रनमा सिमीत भएको थियो।

अब फाइनलमा भारतले आजै हुने दोस्रो फाइनलका पाकिस्तान र अफगानिस्तानबीचको विजेतासँग खेल्ने छन्। एशियन गेम्समा क्रिकेटको फाइनल खेल शनिबार हुदै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.