मकवानपुर : थाहा नगरपालिका–११ कुन्छालमा आज बिहानै सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
दुर्घटनामा परी नुवाकोटको बेलकोट नगरपालिका–५ बस्ने ४२ वर्षीय दीप श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए।
वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ३९८७ नम्बरको कन्टेनर त्रिभुवन राजपथ सडक खण्डअन्तर्गतको उक्त स्थानमा अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खस्दा श्रेष्ठको दुर्घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।
घटनाबारेमा प्रहरीले अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।