|
अल जजिरा

शनिबार बिहान गाजाबाट इजरायलमा अचानक ठूलो हमला भएको छ।

गाजा पट्टीमा शासन गर्ने चरमपन्थी समूह हमासले २० मिनेटभित्र इजरायलतर्फ पाँच हजार रकेट प्रहार गरेको जनाएको छ।  हमासका प्रमुख मोहम्मद डाइफले यी आक्रमणपछि एक विज्ञप्ति जारी गर्दै भनेका छन्, 'हामी सक्षम छौं भनी घोषणा गर्ने निर्णय गरेका छौं।'

हमासले यस अपरेशनलाई ‘अल अक्सा स्टर्म’ नाम दिएको छ। 'हामीले दुश्मनलाई पहिले नै चेतावनी दिएका छौं। इजरायली ले हाम्रा नागरिकहरू विरुद्ध सयौं नरसंहार गरेका छन्। यस वर्ष उनीहरूका कारण सयौं मानिस शहीद र घाइते भएका छन्',डाइफले भने, ‘हामी अपरेशन अल अक्सा फ्लडको सुरुवात घोषणा गर्छौं। हामी घोषणा गर्छौं कि दुश्मनको लक्ष्य, एयरपोर्ट र सैन्य आधारहरूमा हाम्रो पहिलो आक्रमणमा, पाँच हजार भन्दा बढी रकेटहरू प्रहार गरिएको छ।‘

यस क्रममा गाजाबाट इजरायलमा भएको अचानक आक्रमणमा दर्जनौं चरमपन्थी गाजा पट्टीबाट इजरायलमा प्रवेश गरेका छन्। 

हमास आतङ्ककारीहरूको घुसपैठपछि इजरायली प्रतिरक्षा फौज (आईडीएफ) ले शनिबार युद्धका लागि तयार रहेको घोषणा गरेको दाइम्स अफ इजरायल (टिओआई) ले जनाएको छ।  

‘इजरायललाई आईडीएफले युद्धका लागि तयार मुलुकका रूपमा घोषणा गर्दछ’, इजरायली सेनाले एक विज्ञप्तिमा भनेको छ, ‘इजरायली भूमिमा गाजाबाट व्यापक रकेट प्रहार भएको छ र थुप्रै प्रवेश विन्दुबाट इजरायली भूमिमा आतङ्ककारीहरूले घुसपैठ गरेका छन्।’

आईडीएफले मुलुकका दक्षिण र मध्य क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित क्षेत्रको नजिक रहन र गाजा वरपरका बासिन्दाहरूलाई सुरक्षित अवस्थामा रहन आवश्यक रहेको बताएको छ।

यसैबीच आईडीएफले गाजा पट्टीमा उसले जवाफी हमला गरिरहेको बताएको छ। हमासले गरेको अप्रत्याशित हमालाको झन्डै दुई घन्टापछि आईडीएफले जवाफी हमला गरेको हो। 

जसमा परि एक जनाको मृत्यु प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ। मागेन डेभिड एडोम आपत्कालीन सेवाले इजराइलमा प्रत्यक्ष  प्रहारका कारण एक ६० वर्षीया महिला मारिएको बताएको छ। चिकित्सकहरूका अनुसार अन्य १५ जना घाइते भएको र दुई जनाको अवस्था चिन्ताजनक रहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.