३ वडामा एमाले र दुई वडामा कांग्रेस विजयी

|

गुल्मी : जिल्लाका दुई गाउँपालिकाका चार वडाको नतिजा सार्वजनिक भएको छ। बुधबार रातिदेखि मतगणना शुरु गरिएको रुरु गाउँपालिका १ मा एमाले वडाअध्यक्ष रामलाल विक सहित सबै प्यानल बिजय भएको छ।

गुल्मी दरवार गाउँपालिकाको वडा नं १ को वडा अध्यक्षमा एमालेका रामबहादुर पल्ली सहितको प्यानल विजयी भएको छ। त्यस्तै चन्द्रकोट १ मा गोविन्द बलाल सहितको एमालेको प्यानलनै बिजयी भएको छ। 

गुल्मी दरबार गाउँपालिकाको वडा नं ७ मा नेपाली कांग्रेसका टोपबहादुर बस्नेतको प्यानल विजयी बनेको छ। त्यस्तै चन्द्रकोट गाउँपालिका ३ मा किरण शाह सहित नेपाली कांग्रेसको प्यानल विजयी भएको छ।

पछिल्लो मतगणना परिणाम अनुसार गुल्मीको रेसुंगा नगरपालिका र गुल्मी दरवार गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ। रुरु र छत्रकोट गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएको छ। चन्द्रकोट गाउँपालिकामा भने माओवादी केन्द्रले अग्रता लिएको छ।

गुल्मीमा रहेका १२ वटा स्थानीय तहमध्ये १ स्थानिय तहमा मतगणना हुन सकेको छैन। मदाने गाउँपालिकामा मतदानको क्रममा कार्यकर्ताबीच भएको बिवादले मतगणना प्रभावित भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.