|

पाल्पा : पाल्पामा आइतबार गाडी दुर्घटना भएको छ । तानसेन रानीमहल सडकखण्डको बैकुण्ठभीर नजिकैबाट तल खोलामा खसेको बुझिएको छ।

भीरबाट र धेरै तल खोलामा खसेको हुँदा कुन गाडी हो? कति मान्छे थिए भन्नेबारे अहिलेसम्म खुलेको छैन।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्मासहित तीन वटै निकायका सुरक्षाकर्मीको टोली  घटनास्थल पुगेको छ।

आज बेलुका करिब ५ बजे दुर्घटना भएको बुझिएको छ। केहीको ज्यान गएको प्रहरीले जनाएको छ। अहिले उद्वार कार्य चलिरहेको छ। थप विवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.