|

काठमाडौं : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) मधेश प्रदेश समितिले बाराकाे बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश सर्राफको हत्यविरुद्ध आज विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ।

नेशनल प्याब्सनले एक विज्ञप्ति जारी गरि सर्राफको हत्याप्रति कडा निन्दा र भर्त्सना गर्दै नेशनल प्याब्सन अन्तर्गत प्रदेशभरका विद्यालयहरू बन्द गर्ने निर्णय भएको जानकारी दिएको हाे।

विद्यालय जस्तो पवित्र संस्थाको संचालकको दिनदहाडै हत्या भएको घटना शिक्षक, विद्यार्थी अभिभावक लगायत कुनै पनि नागरिक सुरक्षित नरहेको र प्रहरी प्रशासन निरिह रहेको नेशनल प्याब्सनको ठहर छ। 

‘यस हत्याको विरोधमा कार्तिक १४ गते मधेश प्रदेशका नेशनल प्याप्सन अन्तर्गतका सम्पूर्ण विद्यालयहरू बन्द रहनेछ, निज सफको हत्यामा संलग्न दोषिलाई यथाशिघ्र पक्राउ गरि पिडितलाई न्याय दिलाउन सम्बन्धित निकायसँग अपिल गर्दछौ,’विज्ञप्तिमा उल्लेख छ।

न्याय दिलाउन ढिलासुस्ति भए चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने पनि नेशनल प्याब्सनकाे चेतावनी छ। सोमबार मोटरसाइकलमा आएका व्यक्तिको गोली लागेर सर्राफको मृत्यु भएको थियो।

उनको घाँटी र छातीमा चार राउण्ड गोली लागेको प्रहरीले जनाएको छ। गोली लागेका उनलाई उपचारका लागि अस्पताल लगिएकोमा चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए। बारा प्रहरीले घटनामा संलग्न एक महिलासहित तीन जनालाई पक्राउ गरिसकेको दावी गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.