|

काठमाडौं : काभ्रेको पाँचखालमा आगलागी हुँदा ९ वटा पसलमा क्षति भएको छ। तीमध्ये चारवटा कपडा पसल पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार तीनवटा होटेल, एउटा मोबाइल पसल र एउटा मासु पसलमा आंशिक क्षति भएको छ । आज बिहान पाँचखाल–४ समाज कल्याण चोक स्थित उद्धवप्रसाद तिमल्सिनाको पसलबाट अचानक विद्युत् ‘सट’ भई आगलागी हुँदा क्षति भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। 

आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको डिएसपी श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.