|

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई गाजामा युद्ध रोक्न आग्रह गरेका छन्। 

ह्वाइट हाउसका प्रवक्ताका अनुसार संयुक्त राज्य अमेरिका र इजरायली नेताहरूको छलफलमा गाजामा भइरहेको आक्रमण र बन्धकको रिहाइको बारेमा कुराकानी भएको हो। यस क्रममा प्रधानमन्त्री नेतान्याहूले इजरायलले उक्त क्षेत्र पुनः कब्जा वा शासन गर्न नखोजेको बताए। 

अमेरिकाले भने इजरायलले गाजाक्षेत्र पुनः कब्जा गर्न खोजेको भन्दै विरोध गरिरहेको छ। उसले यो क्षेत्र प्यालेस्टिनी भूमि रहिरहनुपर्छ भनेको छ। 

यसैबीच अमेरिकी विदेश मन्त्रालयले ४ भन्दा बढी आफ्ना नागरिक गाजा छोडेर रफाह क्रसिङ हुँदै इजिप्ट पुगेको बताएको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा हालसम्म १० हजार ३०० भन्दा बढी मारिएका छन्, जसमा ४ हजार १०० भन्दा बढी बालबालिका रहेको बीबीसीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.