|

इजिप्टले युद्धग्रस्त गाजामा १९० ट्रक सहायता सामग्री पठाएको छ। इजिप्टले गाजा पट्टीको युद्धग्रस्त प्यालेस्टिनी एन्क्लेभमा सहायता सामग्री पठाएको हो।

इजिप्टको ताह्या मिस्र कोषले उपलब्ध गराएको २ हजार ५०० टन सहायता प्याकेज बोकेको काफिले रफाह सीमा नाका हुँदै गाजा प्रवेश गर्नेछ । इजिप्टको राजधानी कायरोमा आयोजित उद्घाटन समारोहमा इजिप्टका प्रधानमन्त्री मोस्तफा मदबोलीले गाजामा हालसम्म दुई तिहाइभन्दा बढी सहयोग इजिप्टबाट पठाएको  जानकारी दिए।

इजरायलले अक्टोबर ७ मा गाजा–सत्ताधारी हमास लडाकुको नेतृत्वमा भएको आक्रमणको बदलास्वरूप गाजापट्टीमा आक्रमण गरिरहेको छ।

जारी द्वन्द्वले तटीय एन्क्लेभमा १२ हजार प्यालेस्टाइनीहरूको मृत्यु भएको छ। गाजापट्टीमा पानी, बिजुली, इन्धन र अन्य आवश्यक सामग्रीको आपूर्ति बन्द गरिएको छ। अक्टोबर २१ देखि, इजिप्टबाट राफा क्रसिङ हुँदै प्यालेस्टिनी एन्क्लेभमा सीमित मानवीय सहायतालाई अनुमति दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.