|
फाइल फोटो

नेपालगञ्ज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका बेला उपहारमा दिएका ‘मुर्रा’ राँगा बोकेर आएका दुई वटा ट्रकलाई यहाँस्थित नेपाल–भारत नाकामा भारतीय भन्सारले साढे चार घण्टा रोकेर मात्र नेपाल प्रवेश गर्न दिएको छ। 

बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ, भारतको हरियाणा राज्यको हिसारस्थित केन्द्रीय भैँसी अनुसन्धान संस्थानबाट मंगलबार दिउँसो १५ वटा मुर्रा जातका राँगा लोड गरेर पठाइएका दुई वटा ट्रक बुधबार अपराह्न ३ बजे रुपैडिहास्थित भारतीय कस्टममा पुगेका थिए। कागजपत्र नभएको भन्दै भन्सारले रोकेको सँगै आएका भारतका भेटनरी डाक्टर राजेश कुमारले बताए। उनले ट्रकलाई बेलुकी साढे ७ बजे मात्र भन्सारबाट छाडिएको जानकारी दिए।

डा. राजेशले भारत सरकारले नेपाल सरकारलाई उपहार दिएको कागजपत्र देखाउँदा पनि यो नाकाबाट राँगा लैजान अनुमति छैन भनेर भारतीय भन्सारका अधिकारीले ठाडो जवाफ दिएर विभिन्न कागजपत्र र बिल मागेर दुःख दिएको बताए।

भारतबाट आउने राँगा बुझ्न काठमाडौंबाट बुधबार बिहानै नेपालगञ्ज पुगेका पशुसेवा विभाग अन्तर्गतको राष्ट्रिय पशुपक्षी स्रोत व्यवस्थापन तथा प्रवर्धन कार्यालय काठमाडौंका प्रमुख माधव अर्यालले दिउँसो २ बजे आइपुग्ने भनिएका राँगा भारतीय कस्टमको अवरोधका कारण बेलुकी साढे ७ बजे मात्र नेपाल छिरेको जानकारी दिए ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.