|

पाल्पा : पूर्वखोला गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ट्याक्टर चालक सोही गाउँपालिका ५ कर्नेडाँडाका ४० वर्षीय चन्द्रबहादुर कामु रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले बताए।

कर्नेडाँडादेखि पोखरीछापतर्फ जाँदै गरेको लु४त ६५५३ नम्बरको ट्याक्टर अनियन्त्रित भइ सडकबाट करिब २०० मिटर तल खेतमा खसेको थियो।

दिउँसो साढे तीन बजे दुर्घटना भएको थियो। गम्भीर घाइते उनलाई जिल्ला अस्पताल पाल्पामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका चन्दले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.