|

काठमाडौं : नमोबुद्ध नगरपालिका–११ स्थित नमोबुद्धमा जात्रा शुरु भएको छ। शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको दिनको रूपमा यो जात्रा मनाइन्छ। 

नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाका अनुसार मेला अवधिभर ‘पितृ’को सम्झनामा दीप प्रज्ज्वलन गरिन्छ। ‘यहाँ बर्सेनी पितृका नाममा बत्ती बाल्ने परम्परा छ, बत्ती बाल्नाले पितृलाई वर्षभरि उज्यालो हुने मान्यता छ’, उनले भने। विशेषगरी तामाङ र नेवार समुदायका धर्मावलम्बीले मेला भर्ने गरेको नमोबुद्धका मूल लामागुरु कान्छा लामाले जानकारी दिए।

 मेलामा बर्सेनी करिब एक लाखले नमोबुद्धको दर्शन–पूजाअर्चना गर्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ। जात्राअन्तर्गत कार्तिक पूर्णिमादेखि रातभरि र भोलिपल्ट पनि मेला लाग्छ भने मेला अवधिभर परम्परागत गीत तथा नृत्यु प्रस्तुत गर्नेको घुइँचो लाग्छ। 

नमोबुद्धमा भाद्र कृष्ण द्वादशी र चैत्र कृष्ण द्वादशीको दिन पनि मेला लाग्छ। यो स्थल काठमाडौंबाट ३२ किलोमिटरको दूरीमा अवस्थित धुलिखेलबाट १८ किलोमिटर दक्षिणमा पर्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.