|

काठमाडौं :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुदूरपश्चिम जाँदैछन्। 

१४ गतेबाट एमालेले सुरु गर्न लागेको मध्य पहाडी लोक मार्ग पदयात्राकोको उद्घाटनको लागि ओली कैलाली जान लागेको एमाले नेता एवं कञ्चनपुरका सांसद तारा लामाले जानकारी दिए। उनका अनुसार आझ अपरान्ह ४ बजे ओली धनगढी जाने छन्।

 अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू कैलाली जान लागेका हुन्।   महासचिव शंकर पोखरेल लगायतका नेताहरू भने भोलि कैलाली पुग्ने लामाले बताए। 

भोलि बिहान धनगढीबाट बैतडी प्रस्थान गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जानकारी दिए।

एमालेले १४ गते बिहान बैतडीको झुलाघाट बाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्ने छ। झुलाघाट–चिवाभञ्ज्याङ यात्रा तीन सातामा टुङ्ग्याउने एमाले नेताहरूले तयारी गरिरहेका छन्। 

यस यात्राले मुलुकको समृद्धिको नयाँ पाटाहरू पहिचान हुने दाबी गरिएको छ। एमालेले प्रत्येक जिल्लामा एउटा ठूलो सभाको आयोजना गर्ने र त्यसबाट जनतालाई मध्य पहाडी राजमार्गको महत्त्व र सान्दर्भिकता दर्साउने जनाएको छ। ​

मध्यपहाडी लोकमार्गको लम्बाइ एक हजार ८७९ किलोमिटर छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.