|

गुल्मी : किशोरीलाई जबरजस्ती करणी गरी हत्या गर्ने २३ वर्षीय रहिस खाँ पुर्पक्षकका लागि जेल चलान भएका छन्।

गत कात्तिक १६ गते जिल्लाको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरकी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरी हत्या गर्ने बाँकेको खजुरा घर भएका खाँ पुर्पक्षका लागि जेल चलान भएका हुन्।

मङ्सिर ११ गते जिल्ला अदालत गुल्मीको थुनछेक बहसपश्चात् अदालतले पुर्पक्षका लागि जिल्ला कागारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए। खाँमाथि जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता भएको थियो। 

कात्तिक १६ गते खेतबाट खेतालालाई सुर्ती लिन भनी हिँडेकी किशोरी १७ गते बिहान अर्धनग्न अवस्थामा हुग्दी खोलामा मृत फेला परेकी थिइन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.