|

पाल्पा : पाल्पामा टिपर दुर्घटना हुँदा गएराति एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका–१ ख्याहाका २४ वर्षीय शिरबहादु पालुङ्गे रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए।​

रैनादेवी छहरा गाउँपालिका–२ सर्देवास्थित सिजी कम्पनीमा माटो बोकेको लु१क ३१६१ नम्बरको टिपर गएराति साढे ११ बजे अनियन्त्रित भइ पल्टिएको थियो।

गम्भीर घाइते उनलाई उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास लैजाँदा चिकित्सकले मृत घोषणा गरेका प्रनाउ श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.