|

काठमाडौं : शौर्य सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले आफ्नो क्लिङ्कर उत्पादनलाई भारतमा निर्यात गर्न सुरू गरेको छ।

उद्योग परिसरमा पहिलो निर्यात गर्ने कार्यक्रमअन्तर्गत २०८०-०८-१६ गते देखि क्लिङ्कर औपचारिक कार्यक्रममाझ  सिमेन्टका प्लाण्ट हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काद्वारा संयुक्त रुपमा रिवन काटी निर्यातको सुरुवात गरेका हुन्।

उदयपुरको चुनढुङगाबाट उत्पादन गरिएको यस क्लिङ्कर तथा सिमेन्टमा उच्चस्तरिय चुनढुङगाको प्रयोग हुने खड्काले बताए।  भारतमा अवस्थित सिमेन्ट उद्योगमा सफल परिक्षणबाट निर्यात स्विकृति  पाएको उनले जानकारी दिए। 

उद्योगले २०७८ माघबाट व्यावसायिक उत्पादन सुरू गरेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.