|
प्रतीकात्मक तस्विर

काभ्रेपलाञ्चोक : बनेपाबाट खरिदको स्रोत नखुलेको रकम र गरगहनासहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

प्रहरीले बनेपा नगरपालिका–७ वकुटोलस्थित एक घरमा डेरा गरी बस्ने भारतको महाराष्ट्र प्रदेश साङ्ली जिल्लाका ३९ वर्षीय सचिन विभुतेलाई पक्राउ गरेको हो।

विभुतेको साथबाट पाँच लाख ७६ हजार नेपाली रुपैयाँ र २२ हजार भारु बरामद भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। यस्तै २३५.९ ग्राम सुन र  एक हजार ९०१.२६ ग्राम चाँदीका गरगहना पनि बरामद भएको उनले जानकारी दिए।

उनको साथबाट सुन जोख्ने तराजु, एभरेष्ट बैंक र नेपाल एसबीआई बैंकको चेकबुक, दुई थान मोबाइल फोन सेट पनि जफत गरेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.