|

काठमाडौं : हाल कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली छ। तराईका थोरै स्थानमा हुस्स र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका बाँकी भूभागमा भने मौसम सामान्यतया सफा छ। 

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशको पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.