|

काठमाडौं : युक्रेनले अमेरिकासँग थप सैन्य शक्ति सहयोगको आग्रह गरेको छ। 

राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटमा रुसविरुद्ध लड्न थप सैन्य शक्ति आवश्यक भएको भन्दै सहयोगको आग्रह गरेका हुन्। 
अमेरिकाले रुस–युक्रेनबीच झण्डै दुई वर्षदेखिको लडाइँमा करोडौँ डलर बराबरको सैन्य सहयोग गरेको छ भने पछिल्लो पटक बाइडेनले गरेको सहयोगको प्याकेज संसदबाट पारित हुन सकेको छैन। 

रुसले युक्रेनमा आक्रमण थालेयता जेलेन्स्की तेस्रो पटक अमेरिका भ्रमणमा पुगेका हन्। यो बीचमा बाइडेनले युक्रेनको पनि भ्रमण गरिसकेका छन्। 
यसैबीच रुसले थप दुई शक्तिशाली पनडुब्बी उद्घाटन गरेको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी नौसैनिकलाई थप मजबुद बनाउन नयाँ पनडुब्बी तयार गरी परिचालन गरिएको बताए। 

साथै उनले परमाणुयुक्त नयाँ पनडुब्बीको उद्घाटनपछि रुसलाई थप सुरक्षित बनाएको महसुस भएको बताए। रुसले उद्घाटन गरेका नयाँ दुई परमाणु शक्तियुक्त पनडुब्बी प्रशान्त महासागरमा परिचालित हुने बताइएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.