|
तस्वीर सौजन्य : भारतको संसद लोकसभा टेलिभिजन र रातो घेरामा आक्रमणकारी।

भारतको राजधानी नयाँ दिल्लीमा संसद चलिरहेका वेला एक व्यक्ति हामफालेपछि भारतको संसद बैठक स्थगित भएको छ।

संसदको हिउँदे अधिवेशन चलिरहेको समयमा लोकसभाको बैठकका क्रममा दर्शक ग्यालरीबाट अपरिचित एकजना व्यक्ति सांसदहरु बसिरहेको स्थानमा हामफालेका थिए।

सांसदहरु बसेको ठाउँमा हाम्फालेर कुदेलगत्तै उनीहरुले जुत्तामा लुकाएर ल्याएको स्प्रे सल्काएर फालिदिएका थिए। यसबाट सभाहल धुवाँको मुस्लोले ढाकिएको थियो।

हंगामा मच्चाउने दुवै जनालाई सांसदहरुले नियन्त्रणमा लिएका छन्। हिउँदे अधिवेशनको समयमा लोकसभामा सुरक्षा व्यवस्था कमजोर भएको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका छन्।

घटनालगत्तै संसदको बैठक स्थगित भएको छ। यस घटनासँग सम्बन्धित एउटा भिडियोसमेत सार्वजनिक भएको छ।

आक्रमणका वेला प्रधानमन्त्री नरेन्द्र मोदी संसदमा उपस्थित थिएनन्। ‘आज फेरि भारतको संसदमा आक्रमण भएको छ‚’ सांसद कार्ति चिदम्बरमले संसदबाहिर सञ्चारकर्मीहरुसँग भने।

अर्का सांसद गौरव गोगोईले संसदभित्र दुईजना शंकास्पद आक्रमणकारीले नाराबाजी गरेको बताए। कैयौँ सांसदले संसदभित्र धुँवाको मुस्लो फैलिएपछि केही पड्किएको आवाज आएको बताए।

सन् २००१ मा भारतको संसदमा भएको आक्रमणमा ५ जना बन्दुकधारीसहित १२ जनाभन्दा बढी मारिएका थिए। भारतले उक्त आक्रमण पाकिस्तानमा बसेका भारतविरोधी लडाकु समूहले गरेको र पाकिस्तानले सघाएको आरोप लगाएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.