|

सल्यान : सल्यानमा एक वर्षको अवधिमा मानवअधिकार उल्लंघन तथा ज्यादतीका ९४ वटा घटना भएका छन्।

नेपाल मानवअधिकार वर्ष पुस्तक–२०२४ को प्रकाशनका लागि जिल्लामा संकलन गरिएका मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाको वार्षिक समीक्षा कार्यक्रममा जिल्लामा मानवअधिकार हननका ९४ वटा घटना भएका जनाइएको हो।

इन्सेक सल्यानद्वारा खलंगामा आयोजित कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरिएको हो। जिल्लामा बालअधिकार उल्लंघनका घटनामा १० जना बालिका र महिला अधिकार उल्लंघनका घटनामा ६९ जना महिला पीडित भएको जानकारी दिए।

कुटपिटका ५ वटा, हत्याका १० वटा, बलात्कारका ९ वटा र यौन दुर्व्यवहारका १ वटा घटना भएका छन्। महिला अधिकारतर्फ घरेलु हिंसाका ३८ वटा, बहुविवाहका १६ वटा, बलात्कारका १४ वटा र बोक्सी आरोपका १ वटा घटना भएका छन्।

कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी थमन खड्का, जिल्ला अदालत सल्यानका स्रेस्तेदार नारायणप्रसाद चापागाईं, जिप्रका सल्यानका प्रमुख नवीन कार्की, सहायक जिल्ला न्यायाधिवक्ता विष्णुप्रसाद गौली बोलेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.