|

काठमाडौं : प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा चार खेल हुँदैछन्। 

आज बिहान साढे ९ बजे हुने खेलमा चार खेलसम्म अपराजित टोली एपीएफले तालिकाको पुछारमा रहेको कर्णाली प्रदेशसँग खेल्दैछ। एपीएफ चार खेलमा अपराजित रहँदै ८ अंकका साथ शीर्ष स्थानमा छ भने कर्णालीले चारै खेल गुमाएको छ। 

मुलपानी मैदानमा बिहान सोही समयमा हुने अर्को खेलमा गण्डकी र कोशी आमनेसामने हुनेछन्। कोशी तीन खेलमा विजयी हुँदै ६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ भने गण्डकी चार खेलमा एक खेल जित्दै २ अंकका साथ तालिकाको छैटौं स्थानमा छ। 

आज दिउँसो सवा १ बजे किर्तिपुर मैदानमा हुने अर्को खेलमा बागमतीले लुम्बिनीसँग प्रतिस्पर्धा गर्नेछ भने मुलपानी मैदनामा सोही समयमा मधेश र सुदूरपश्चिम भिड्ने छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.