|

सल्यान : जिल्लामा ​धान उत्पादन बर्सेनी घटिरहेको छ। विगत पाँच वर्षको तथ्यांक हेर्दा धान उत्पादन हुने क्षेत्रफल घट्दै गएकोले धान उत्पादनमा पनि कमी आएको कार्यालयले जनाएको छ।

यो वर्ष ६ हजार १२५ हेक्टरमा धान खेती गरिएकोमा २८ हजार ७६३ मेट्रिक टन उत्पादन भएको कार्यालयका सूचना अधिकारी ईश्वरीनारायण घर्तीले बताए।रोपाइँको क्षेत्रफल घट्दा, रोग किराको प्रकोप र वर्षा कम हुँदा धान उत्पादनमा गिरावट आएको हो। 

जिल्लामा वर्षे धान ६ हजार २९ हेक्टर, चैते धान ७ हेक्टर र घैया धान ८९ हेक्टरमा खेती गरिएको थियो । उनका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ७ हजार ७२ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा २९ हजार ३५२ मेट्रिकटन उत्पादन भएको थियो । यस्तै आर्थिक वर्ष २०७७/०७८ मा ७ हजार ८२ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा २९ हजार ८१५ मेट्रिक टन उत्पादन भएको थियो।

यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ७ हजार ८३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा २७ हजार ८७९ मेट्रिकटन र आर्थिक वर्ष २०७९/०८० मा ७ हजार ७३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा ३० हजार ५९० मेट्रिक टन उत्पादन भएको थियो ।

बर्खे धानको उत्पादन क्षेत्रफल घट्दै गएको भएपनि चैते धान र घैया धानको उत्पादन क्षेत्रफल बढेको सूचना अधिकारी घर्तीले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.