|

पाल्पा : तानसेन नगरपालिका-५ बतासेमा शुक्रवार एकजना मृत फेला परेका छन्।

रूपन्देहीको खैरनी घर भएका २० वर्षीय साजन दमाईं मृत फेला परेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए।

उनी खानेपानीको मोटर राख्ने सानो घरमा दिउँसो १ बजे मृत फेला परेका हुन्। विगत केही वर्षदेखि तानसेन बजारमा उनी बेवारिसे अवस्थामा हिँडडुल गर्दै आएको बुझिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.