काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (मंगलवार) २० दशमलव ६२ अंकले बढेको छ। आज नेप्से परिसूचक १ प्रतिशतले बढेर २ हजार ८० दशमलव १२ अंकमा कायम भएको छ।
३०९ कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता शेयर १ लाख ४ हजार ६१९ पटक खरिदबिक्री हुँदा ६ अर्ब ११ करोड ८३ लाख १७ हजार ८६६ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आज जलविद्युत् समूह शून्य दशमलव ४५, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ०४ र म्युचुअल फन्ड समूह शून्य दशमलव १५ प्रतिशतले घटेका छन् भने अरू सबै समूहको उपसूचक बढेको छ।
सबैभन्दा धेरै विकास बैंक समूह ५ दशमलव २१ र होटल तथा पर्यटन समूह ३ दशमलव ६४ प्रतिशतले बढेका छन्।
८ कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ।
विकास बैंकको शेयर कारोबार बढेको देखिएको छ। कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, अपर स्याङ्गी हाइड्रोपावर लिमिटेड, त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र हिमालय रिइन्सुरेन्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ।
सबैभन्दा धेरै धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ८ दशमलव १९ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको २१ करोड ४९ लाख ४५ हजार ८९३ रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक लिमिटेडको ८ लाख ५१ हजार ५० कित्ता शेयर किनबेच भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।