|

काठमाडौँ : सत्ता गठबन्धनको राष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको पहिलो बैठक आज बसेको छ।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन समन्वयका लागि गठबन्धन दलले उक्त समिति गठन गरेको थियो। आज बसेको समितिको पहिलो बैठकले जिल्ला तहसम्म समिति गठन गर्ने निर्णय गरेको छ।

आजको बैठकले कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई संयोजक तोकेको छ। समितिले ७७ वटै जिल्लामा समन्वय समिति गठन गर्ने निर्णय गरेको हो।

मङ्गलवार उक्त समिति गठन गरिएको थियो। समितिमा कांग्रेसका लेखकसहित माओवादी केन्द्रका वर्षमान पुन, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र जसपाका मनिष सुमन सदस्य छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.