|

काठमाडौँ : यस वर्षको धुस्वाँ सायमी सिर्जना पुरस्कार थारू भाषाका उपन्यासकार कृष्णराज सर्वहारीलाई प्रदान गरिएको छ।

उनलाई आज (सोमवार) गङ्की धुस्वाँ वसुन्धरा प्रतिष्ठानले प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको समारोहमा जनकवि दुर्गालाल श्रेष्ठले पुरस्कार प्रदान गरेका हुन्।    

सर्वाहारीलाई यो वर्षको उपन्यास विधामा गंकी धुस्वाँ वसुन्धरा पुरस्कार प्रदान गरिएको हो। गंकी धुस्वाँ वसुन्धरा पुरस्कार नेपाली, नेपालीभाषालगायत नेपालका विभिन्न मातृभाषाहरूमा लेखिएको उपन्यास विधाका लागि हरेक २ वर्षमा प्रदान गरिन्छ। 

थारु भाषा साहित्यमा कलम चलाउँदै आएका सर्वहारीले थारू भाषामा २ उपन्यास लेखिसकेका छन्। पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.