|

तनहुँ : बन्दीपुर गाउँपालिका–४ टुँडिखेल र अस्पताल लगायतका क्षेत्रमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि स्थानीय बासिन्दा त्रासमा परेका छन्।

टुँडिखेल टोल विकास समितिका अध्यक्ष किसान प्रधानले साँझमा दैनिक चितुवा देखिन थालेको बताए। 

पछिल्लो केही वर्षयता तनहुँमा चितुवाको आक्रमणबाट मानिस घाइते तथा मृत्यु हुने क्रम बढेको छ। चितुवाको आक्रमणबाट पछिल्लो छ वर्षको अवधिमा १३ बालबालिकाले ज्यान गुमाएका छन्। चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा मुनिका छन्।

चितुवाको आक्रमणबाट भानु र शुक्लागण्डकी नगरपालिका सहित आँबुखैरेनी र बन्दीपुर गाउँपालिकामा बालबालिकाको मृत्यु भएको छ। मृग, वनकुखुरालगायत जन्तु मानिसले शिकार गरिदिँदा चितुवा बस्ती पस्न थालेको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ।

चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न आग्रह गरिएको छ। चितुवासँग जोगिन साँझ तथा रातका समयमा घरगोठ उज्ज्यालो बनाउन, झाडी सफा गर्न तथा बच्चा तथा वृद्धको विशेष ख्याल र रेखदेख गर्नुपर्ने सहायक वन अधिकृत काशीराज पण्डितले बताए। 

जङ्गल फडानी गरेर बस्ती बसाल्ने, जङ्गली जनावर मारेर खाइदिने कारणले गर्दा समस्या आएको हो।‘चितुवाको स्वभाव, यसले आक्रमण गर्न सक्ने समयलगायतका विषयमा सर्वसाधारणलाई सचेत गराएका छौँ’, उनले भने,‘चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सकिए यसबाट बच्न सकिन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.