|

काठमाडौं : मानव शरिरको स्वास्थ्य हेरचाहामा छालाको स्वास्थ्य पनि ज्यादै महत्वपुर्ण मानिन्छ। हाम्रो सम्पुर्ण शरीरको बाहिरी आवरण हो छाला यसले मानव शरिरिको सुरक्षाको कबज समेत गरेको हुन्छ। जसले गर्दा हाम्रो शरिरिरको भित्रि अंगहरुलाई जति स्वस्थ सुरक्षित राख्छौँ त्यसरी नै  हामीले हाम्रो छालालाई स्वस्थ राख्नु पर्छ।

 शरीरका अङ्गहरूमध्ये छाला सबैभन्दा बढी सेन्सेटिभ हुन्छ त्यसैले अनुहार देखि हाम्रो शरीरको सबै छालालाई सुरक्षित राख्ने विभिन्न सावधानी हामीले अपनाउनु पर्छ। शरीरको खुला भागमा रहने छालालाई एक दिनको घामले मात्र पनि धेरै क्षति गराउने गर्छ।

विषेशगरी घाम (सुर्यको किरण)बाट छालालाई बचाउनु पर्ने हुन्छ। प्रायः घाममा काम गरिरहनु पर्ने मानिसका लागि घामबाट बच्न अझ आवश्यक हुन्छ। घामका किरणहरुमा छालालाई असर पार्ने तत्व रहेका हुन्छन् जसले गर्दा छालामा सामान्य समस्या देखि जटिल प्रकारको स्वास्थ्य समस्या समेत देखिने गर्छ।  छालालाई घामबाट बचाइएन भने घाममा रहने विभिन्न प्रकारका घातक विकिरणहरूले गर्दा छालाको क्यान्सर समेत हुन गराउन सक्छ।

शरीररको अनुहार बाहेकको अन्यभागमा कपडा लगाइने हुँदा घामबाट त्यति क्षति नगरेर पनि अनुहार,घाटी तथा हातहरुको छालाहरु भने घामबाट प्रभावित हुने गर्छ। त्यसैले अनुहार लगायतको छालालाई सुरक्षित राख्न नियमित सनस्क्रिमहरु लगाउनु पर्छ।

किन लगाउने सनस्क्रिम?

धेरैले सनस्क्रिमलाई मेकअपको साधनको रुपमा बुझ्ने गरे पनि सनस्क्रिम हाम्रो छालाको सुरक्षा कबजको सबैभन्दा उत्तम साधन हो। नियमित सनस्क्रिमको प्रयोग गर्नाले छालामा हुने सामान्य देखि जटिल प्रकारका स्वास्थ्य समस्याबाट बच्न सकिन्छ।  सूर्यबाट आउने किरणमा यूबीए, यूबीबी, यूबीसी, भिजिबल लाइट जस्ता  विभिन्न प्रकारका विकिरणहरु हुन्छन्।

जसमध्ये यूबीए र यूबीबीले छालालाई नकारात्मक असर गर्छ। लामो समय सम्म यी विकिरणको छालामा परिरहे छालाको क्यान्सर सम्म हुने गर्छ। तर यस्ता विकिरणबाट बच्ने सबैभन्दा उत्तम विकल्प भनेको नियमित सनस्क्रिन लगाउनुनै हो।

कस्तो सनस्क्रिम लगाउने

सबैभन्दा पहिला त कुन प्रकारको सन्सक्रिम लगाउने भन्ने थाहा पाउन आवश्यक हुन्छ। जुन कुराको निर्क्योल छालाको प्रकारमा भर पर्छ। जसको लागि एक पटक छालाको विज्ञ चिकित्सकसँग परामर्श लिनु उपयुक्त हुन्छ। किन कि सबैको छाला

एकै प्रकारको हुँदैन। कसैको चिल्लो त कसैको सुख्खा हुने गर्छ। चिल्लो डन्डिफोर आउँने अनुहार भएको व्यक्तिले जेल सन्सक्रिम लगाउनु पर्ने हुन्छ। त्यस्तै अनुहार सुख्खा भएमा क्रिम र लोसन सन्सक्रिम लगाउँनु पर्ने हुन्छ। सन्सक्रिम कस्मेटिक पसलहरुमा भन्दा औषधि पसलमा किन्दा राम्रो हुन्छ।

एसपीएफ ३० र एसपीएफ ५० कतिको सनस्क्रिन लगाउने भन्ने प्रश्न धेरैको हुन सक्छ। एसपीएफ ३० र एसपीएफ ५० मा खासै धेरै फरक हुँदैन। साधारणतया ३० एसपीएफ लगाउँदा पनि हुन्छ। तर, जसको अनुहारमा चाया, पोतो, कालो दाग छ, जसलाई दिनभर घाममा काम गर्नुपर्छ उनीहरूले एसपीएफ ५० लगाउँदा राम्रो हुन्छ।

घामको एलर्जी हुनेले एसपीएफ ८० भएको सनस्क्रिन लगाउन उपयुक्त हुन्छ। तर कस्ता व्यक्तिले कस्तो सनस्क्रिम लगाउने भन्ने विषय भने चिकित्सककै परामर्शमा लगाउनु पर्छ। धेरैले चिकित्सकको परामर्शमा भन्दा आफैखुसी विभिन्न प्रकारका सनस्क्रिमहरु किनेर लगाएको पाइन्छ तर छालाको प्रकृति अनुरुपको सनस्क्रिम लगाइएन भने त्यो सनस्क्रिमले काम नगर्न पनि सक्छ।

कसरी लगाउने

अर्को महत्वपूर्ण कुरा भनेको प्रभावकारी हुने गरी सनस्क्रिम कसरी लगाउने भन्ने हो। धेरैले दिनमा एक पटक मात्रै सनस्क्रिम लगाउने गरेको पाइन्छ तर सकभर दिनको दुई देखि ३ पटक सम्म लगाउनु पर्छ। हरेक बिहान सफा पानीले मुख धोएपछि लोसनहरू लगाए पछि एक पटक सनस्क्रिम लगाउनु पर्छ। अर्को पटक

घरबाट निस्कनुभन्दा १०–१५ मिनेटअघि सधैं सनस्क्रिन लगाउनुपर्छ। यस्तै दिउँसो पनि कम्तिमा एक पटक सनस्क्रिम लगाउनु पर्छ यदि लामो समय घाममा बस्ने अवस्था छ भने दुई पटक सम्म लगाउनु पर्ने हुन्छ।

यस्तै धेरैले बादल नलगाएको दिन वा घरमा बस्दा सनस्क्रिम नलाउने बानी छ त्यसो गर्नु हुँदैन किन भने दिनको उज्यालोमा पनि हाम्रो छालालाई असर गर्ने विकीरणहरु सक्रिय रहेका हुन्छ फरक यति हो घाममा यस्ता विकीरणहरु धेरै हुन्छ घाम नलागेको वा उज्यालो समयमा अलि कम। त्यसैले घरमा हुँदा पनि बादल लगाएको समयमा पनि सनस्क्रिम नियमित लगाउनु पर्छ। यस्तै एकपटकमा २ देखि ३ एमएलसम्म सनस्क्रिम लगाउनु उपयुक्त हुन्छ। 

अझै पछिल्लो समय लामो समय सम्म मोबाइल,कम्युटर जस्ता डिजिटल प्रविधिसँग रहनेहरुलाई पनि त्यस्ता सामानको लाइटले छालालाई असर गरिरहेको हुन्छ भन्ने छ त्यसैले डिजिटल सामानको एक्सपोजमा लामो समय सम्म रहनेहरुले पनि सनस्क्रिमको प्रयोग गर्नु पर्छ।

यस्तै हाम्रो समाजमा धेरैले सनस्क्रिमलाई मेकअपको साधन रहेको भन्ने बुझाइ भएकाले पुरुषले भन्दा महिलाले धेरै प्रयोग गर्ने गरेको देखिन्छ। तर सनस्क्रिम मेकअपको साधन नभएर छालाको स्वास्थ्य सुरक्षा साधन भएकाले पुरुषहरुले पनि नियमित लगाउनु पर्छ।

कन्सल्ट्यान्ट डर्माटोलोजिष्ट डाक्टर ईशा पौडेल कोइरालासँग गरिएको कुराकानीमा आधारित, डा पौडेल शंखमुलमा रहेको स्कीन एण्ड हेयर क्लिनिक 'एस्थेटिक औरा’मा कार्यरत  छिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.