|

जनकपुरधाम : जनकपुरधाममा हुने भनिएको जनकपुरधाम मैथिली साहित्य, कला तथा नाट्य महोत्सव २०८० को सम्पूर्ण तयारी पूरा भएको छ। भोलि बिहीबारदेखि हुने महोत्सवको बुधबार मैथिली विकास कोषले पत्रकार सम्मेलनको आयोजना गरी सबै तयारी पूरा भएको जानकारी गराएको हो।

कोषका अध्यक्ष जीवनाथ चौधरीले पत्रकार सम्मेलनमा भोलि बिहीबार बिहान ८ बजे बाह्र बिघ्घाबाट बृहत झाँकी सहितको शोभायात्रा हुनेछ। त्यसपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको विशेष उपस्थितिमा महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा समुदघाटन सत्र भई दिउँसो देखिनै बहसका सत्रहरु र साँझ मनोरञ्जनात्मक कार्यक्रमहरु हुनेछन्।

भाषा, कला, साहित्य, नाटक र राजनीतिसहित करिब २० सत्रमा हुने बहस र विमर्शका साथै मिथिला व्यञ्जन, सांस्कृतिक कार्यक्रम, चित्रकला प्रदर्शनी सहितको कार्यक्रमसमेत रहेको अध्यक्ष चौधरीले बताए।

 २०५८ सालमा स्थापित कोषले हरेक दुई वर्षको अन्तरालमा यो महोत्सव गर्दै आएको छ। यस अघि २०७३, २०७५ र कोभिडको कारण २०७८ मा भएको महोत्सवको चौथो संस्करण भोलिदेखि माघ २२ गतेसम्म चल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.