|

काठमाडौं : नेपालमा प्रगतिशील प्री-स्कुल फ्रेन्चाइजी,  किड्जीले प्रारम्भिक बाल हेरचाह र शिक्षाको क्षेत्रमा उल्लेखनीय काम गरिरहेको छ।

किड्जीले बच्चाको समग्र विकासमा ध्यान केन्द्रित गर्दछ। बाल केन्द्रित दृष्टिकोणलाई पूरा गर्न, किड्जीले शिक्षकहरुलाई नियमित रुपमा विज्ञहरुद्वारा विभिन्न सीपहरु जस्तै शैक्षिक, फोनिक्स, कथा कथन, कक्षा व्यवस्थापन, बाल मनोविज्ञान आदिमा तालिम दिइरहेको हुन्छ।

किड्जीले २७ र २८  जनवरी, २०२४ मा समावेशी शिक्षालाई प्रवर्द्धन गर्न अहिलेका बच्चाहरूको आवश्यकताहरु बुझ्न र विशेष आवश्यकताका बालबालिकाहरु (अटिजम) को लागि पहिचान र हेरचाहसम्बन्धी दुईवटा प्रशिक्षण कार्यक्रमहरु सम्पन्न गरेको छ।

कार्यक्रमको नेतृत्व जी लर्न लिमिटेड, भारतकी शैक्षिक प्रबन्धक सुश्री नेहा अवस्थीले गरेकी थिइन। विशेष आवश्यकताका बच्चाहरुको लागि वातावरण सुनिश्चित गर्न अटिजम केयर नेपाल सोसाइटीसँग आबद्ध रही  १५ वर्षको अनुभव भएका  सुश्री रुजु पोखरेल र सुश्री मञ्जु महर्जन पनि नेतृत्व टोलीमा थिए।

कार्यक्रमको लक्ष्य शैक्षिक र सीप विकास मात्र नभई बालबालिकाको भावनात्मक विकास को वातावरण प्रदान गर्नु हो। बालबालिकाको  प्रगति र कल्याणप्रति रहेको समर्पणले किड्जीलाई आफ्ना बच्चाहरुका लागि अभिभावकको पहिलो रोजाइ बनाएको छ।

किड्जी भैँसेपाटी, धापासी, कलङ्की, इमाडोल, बानेश्वर, सातदोबाटो, सानेपा, जोरपाटी, विशालनगर, बौद्ध, चितवन, वीरगन्ज, जनकपुर र विराटनगर गरी १४ स्थानमा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.