|

काठमाडौँ : नाट्यसम्राट बालकृष्ण समको १२२ औं जयन्ती आज विभिन्न कार्यक्रम गरेर मनाइएको छ।

बुधवार काठमाडौँसहित देशभर विभिन्न कार्यक्रम गरेर समको स्मरण गरिएको हो। समलाई स्मरण गर्दै वरिष्ठ साहित्यकार बैरागी काइँलाले बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा जस्त प्रतिभाशाली व्यक्तित्व नपाएको भए नेपाली साहित्यको आजको विकास हुन नसक्ने बताए।

उनले नेपाली साहित्यलाई उन्नत गराउन मात्रै नभई विविध विधामा फलयुक्त बनाउन र विश्व समुदायमा चिनाउन नाट्य सम्राट बालकृष्ण सम, महाकवि लक्ष्मीप्रसाद देवकोटा लगायतको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले सम नेपाली भाषामा गहन, दार्शनिक, आध्यात्मिक र देशप्रेमले ओतप्रोत, सामाजिक भेदभावलाई शक्तिशाली रूपमा लेख्न सक्ने साहस भएको व्यक्ति रहेको भन्दै स्मरण गरे।

उनले भने, ‘बालकृष्ण सम नेपाली साहित्यमा नाटकका शिखर व्यक्तित्व हुनुहुन्थ्यो। समले नाटकमा मात्र सीमित नभई कविता, काव्य, महाकाव्य र चम्पु काव्यमा पनि कीर्तिमानी रचना गर्नुभएको छ। ‘मृत्युपछिको अभिव्यञ्जना’ जस्ता कविता, ‘आगो र पानी’ जस्ता काव्य, ‘चिसो चुल्हो’ जस्तो महाकाव्य, ‘मेरो कविताको आराधना’ जस्ता चम्पुकाव्य नेपाली वाङमयका सर्वकालिक निधि हुन्। उहाँको अभूतपूर्व नाट्य लेखन, लेखन शैली र योगदानले गर्दा नेपाली सेक्शपियरको उपमाले पनि विभूषित गरिन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.