|

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रियायाबारे छलफल गर्ने भएको छ। 

बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा उपकुलपति नियुक्ति प्रक्रियालगायत विषयमा छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई बोलाएको संसद सचिवालयले जनाएको छ। 

मन्त्री राई नेतृत्वको ‘सर्च कमिटी’ले त्रिविको उपकुलपतिका लागि निवेदन आह्वान गरेपछि ४३ जनाको आवेदन परेकोमा १४ जनाको सर्टलिस्ट सार्वजनिक भइसकेको छ ।

तर सर्ट लिष्टमा पनि राजनीतिकरण भएको आवाज उठेको छ। पूर्वाञ्चल, सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पनि उपकुलपति नियुक्ति प्रक्रिया शुरु भएको छ। उपकुलपतिको पदावधि सकिन लागेका पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयमा नियुक्तिका लागि सरकारले दरखास्त माग गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.