|

काठमाडौं : क्यानडाविरुद्धको एकदिवसीय खेलमा पहिलो पटक राष्ट्रिय टोलीमा डेब्यु गरेका खेलाडीहरूको विकेट लिने प्रतिस्पर्धा देखिएको छ।

क्यानडाविरुद्धको अन्तिम खेलमा डेब्यु अवसर पाएका हेमन्त धामीले व्यक्तिगत तीन विकेट लिन सफल भएका छन्। उनको बलका अरोन जोन्सन ४, श्रेयस मोभ्भा २५ र डिलियन हेलिगर ४ रनमा आउट भएका छन्।

क्यानडाविरुद्ध खेलमा नेपालले  नयाँ अनुहारले स्थान दिएको थियो। तीन वटा खेलमा रिजन ढकाल, आकाश चन्द, सूर्य तामाङ र धामीले डेब्यु गर्ने अवसर पाए। कसिलो बलिङ गरेका उनीहरूले आफ्नो डेब्यु खेलमा विकेट लिन सफल भएका छन्।

ओडिआईमा डेब्यु गरेका रिजन ढकालको सिरिजको पहिलो दिन नवनित धालीवाल ६ रनमा आउट गर्न सफल भएका थिए। ओडिआईमा डेब्यु गरेका सूर्य तामाङले सिरिजको दोस्रो दिन हर्ष थक्करको विकेट लिन सफल भए।

यस्तै, आकाश चन्दले डेब्यु गर्ने अवसर पाए। उनले पनि डेब्यु विकेट लिन सफल भए। चन्दको बलमा नवनीत धालीवाल आउट भएका थिए।  

यस्तै, आज तेस्रो खेलमा पनि उनले विकेट लिन सफल भएका छन्। २२ रन बनाएर खेलिरहेका​ सिरिमन्थ विजिरेरत्ने चन्दको बलमा कप्तान रोहित पौडेलको क्याचमा आउट भएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.